२०८२ चैत्र ५, बिहिबार

पक्राउ

बानेश्वरमा खैरो हेरोइनसहित होस्टल सञ्चालिका पक्राउ

प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ ।
बानेश्वरमा खैरो हेरोइनसहित होस्टल सञ्चालिका पक्राउ

फागुन ५,काठमाडौँ /प्रहरीले काठमाडौँको बानेश्वरबाट होस्टल सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ घर भएकी ४५ वर्षीया मायाकुमारी देवी मिश्र छिन् । बानेश्वरको कात्यानी चोकस्थित उनले सञ्चालन गरेको न्यू कस्यप ब्वाईज होस्टलबाट प्रहरीले ०.१३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । केहिदिन अघि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले छापा मार्दा होस्टलको काउन्टरमा खैरो हेरोइन भेटिएको थियो ।आरोपी विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस