१२ असार काठमाडौँ / इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्याइएको हो ।
रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले सञ्चालन गरेको ’अपरेसन सिन्धु’अन्तर्गत उनीहरूलाई इरानबाद्ध उद्धार गरी ल्याइएको जानकारी दिएका हुन् । अहिलेसम्म ३ हजार ४२६ भारतीयलाई इरानबाट निकालिएको उनले बताए ।