२०८२ आश्विन ३०, बिहिबार

१ किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
१ किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

८ असोज, काठमाडौं / करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस