२०८२ अषाढ १७, मंगलबार

चीन – पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक

चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
चीन – पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक

२४ वैशाख काठमाडौं / चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ ।

चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ । भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् । र, दुवै चीनका पनि छिमेकी हुन्, चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

दुई देशबीचको तनाव चीनले ट्रम्प प्रशासनको दबाबलाई प्रतिरोध गर्न छिमेकी र व्यापारिक साझेदारसँग सम्बन्ध मजबुत बनाउने रणनीतिक प्रयासअन्तर्गत भारतसँग सम्बन्ध सुधार्न खोज्दै गरेको बेलामा आएको हो ।

पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो ।

अप्रिल २७ मा चीनका विदेशमन्त्री वाङ यीले आफ्नो पाकिस्तानी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्दै पाकिस्तानप्रति समर्थन व्यक्त गरे र चीनले दुवै देशबीचको विकास भएका घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेको बताएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस