२०८२ अषाढ १७, मंगलबार

जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला थुनुवा

  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
जाजरकोटको कारागारभित्रै झुण्डिएको अवस्थामा मृत फेला थुनुवा

२८ वैशाख, काठमाडौं /  जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए ।

शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस