२०८२ भाद्र ११, बुधबार

गाजामा इजरायली आक्रमण, पाँच पत्रकारसहित २० जनाको मृत्यु

गाजामा इजारायली सेनाको आक्रमणमा परी ५ पत्रकारसहित २० जनाको मृत्यु भएको छ ।
गाजामा इजरायली आक्रमण, पाँच पत्रकारसहित २० जनाको मृत्यु

१० भदौ काठमाडौं / गाजामा इजारायली सेनाको आक्रमणमा परी ५ पत्रकारसहित २० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

घटनाप्रति रोयटर्स, एसोसिएटेड प्रेस (एपी) र अल– जजिराले आफ्ना सहकर्मी पत्रकारहरूको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘दुर्भाग्यपूर्ण दुर्घटना’ भन्दै खेद व्यक्त गरेका छन् । इजरायली सेनाले एक विज्ञप्तिमा नास्सेर अस्पतालनजिकै आफ्ना सैनिकहरूले कारबाही गरेको र सेनाका प्रमुखले तत्काल प्रारम्भिक छानबिन गर्न निर्देशन दिएको जनाएको छ ।

यटर्सले आफ्ना भिडियो पत्रकार हुशाम अल–मस्रीको निधन भएको पुष्टि गर्दै, अर्की सहकर्मी हातेम खालेद घाइते भएको जानकारी दिएको छ । रोयटर्सले यस घटनालाई ‘विनाशकारी’ भन्दै तत्काल थप विवरण खोजिरहेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस