२०८२ भाद्र ३०, सोमबार

काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि बनायो विशेष टोली

काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि बनायो विशेष टोली

२७ भदौ काठमाडौँ / काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शव वाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो ।

‘हामी यस दुःखद घडीमा पीडित परिवारजनका साथ छौँ,’ महानगरपालिकाका एक अधिकारीले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु हो ।’

महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नको लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस