२५ साउन काठमाडौं / म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार (साउन २५) बिहान करिब ६ः३५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।