२०८२ आश्विन २, बिहिबार

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

२ असोज काठमाडौँ / लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख घर्तिमगरले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

छैटौँ अधिवेशन गत वैशाख ३१ गतेदेखि सुचारु भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार चार महिनामा प्रदेशसभाका १७ वटा बैठक बसेका थिए ।

यो पनि

ताजा अपडेट

१५ घण्टा अघि

सुनको मूल्य घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस