
फागुन ६, काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन् । रास्वपा परित्याग गरेकी शर्मा जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् । पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् । पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी छोडेकी हुन् ।