३ असोज काठमाडौँ / नेकपा माओवादी केन्द्रले संविधान दिवस मनाएको छ । पार्टी केन्द्रबीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरी माओवादी केन्द्रले संविधान दिवस मनाएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत अन्य पदाधिकारी र नेता/कार्यकर्ताको बाक्लो उपस्थिति छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी भएको थियो । आगजनीले भवन क्षति भएपछि कार्यालय परिसरमा कार्यक्रम गरिएको छ ।