२६ जेठ काठमाडौं / नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताए ।
गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभए पनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिको छानबिनमा सहयोग गर्नकै लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा उनको भनाइ छ ।
भिजिट भिसालाई हामीले छोड्न चाहन्थ्यौँ तर, यो भिजिट भिसाले हामीलाई छोडेन । त्यसैले हामीले यसलाई पकडिरहेका छौँ, उनले भने ।