११ असार सिन्धुपाल्चोक / जिल्ला मेलम्ची नगरपालिकाको १८औं नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदन पारित गरेको छ ।
नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५६२ रुपैयाँको बजेट विनियोजन गरेको छ । प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार तथा सेवा प्रवाहमा प्रविधिको उपयोगलाई समेटिएको छ ।
नगरप्रमुख तामाङले पारदर्शिता, सहभागिता र जवाफदेहिताका आधारमा स्थानीय सरकार सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नगरसभाका सदस्यहरूले प्रस्तुत नीति तथा कार्यक्रमले मेलम्चीको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।