२०८२ अषाढ १७, मंगलबार

बेगनास तालमा बेपत्ता पुरुष ३५ फिट गहिराइमा मृत फेला

पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २७, सोमबार
बेगनास तालमा बेपत्ता पुरुष ३५ फिट गहिराइमा मृत फेला

२६ जेठ काठमाडौँ / पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा एक पुरुष बेपत्ता भएका थिए ।

पौडी खेल्दा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठको शव तालको गहिराइमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

उनीहरुले सोमबार बिहान १० बजेतिर श्रेष्ठको शव तालको ३५ फिट गहिराइबाट बाहिर निकालेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस