२२ भदौ काठमाडौँ / व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २२ औँ निजामती सेवा दिवस मनाइँदै छ ।
सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ ।
नेपालमा पहिलो पटक वि.स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।