
१७ मंसिर, काठमाडौं / पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा ठोक्किँदा मोटरसाइकल चालकको एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजेर ४० मिनेटमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको छ भने सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।