
पुस २८, काठमाडौं / काठमाडौं महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौं उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”
उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।