८ वैशाख, काठमाडौं / बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।
आज डल्ले च्याउको मूल्य २३ रुपैयाँले बढेको छ । आइतबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो २७६ रुपैयाँका किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १४६ रुपैयाँमा कारोबार भइरहेको छ ।