२०८२ आश्विन २, बिहिबार

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

२ असोज, काठमाडौं / भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ । बैंकिङ, लगानी र अन्य समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् । विकास बैंक ४ प्रतिशत घटेको छ । हिमालयन रिइन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.५, सिंगटी हाइड्रोपावरको मूल्य ८.९ प्रतिशत घटेको छ ।

यो पनि

ताजा अपडेट

१५ घण्टा अघि

सुनको मूल्य घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस