२३ भदौ काठमाडौं / काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ ।
आज बिहानदेखि माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि तोडफोड र आगजनीमा उत्रिएको थियो । प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो । कर्फ्यु लगाएपछि थप सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।