
२० कात्तिक, काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो ।
साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए । आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।