
३० कार्तिक काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारी बैठक बसेको छ । काठमाडौंमा उपलब्ध पूर्वपार्टी पदाधिकारीहरूको बैठक पेरिसडाँडामा जारी रहेको संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले जानकारी दिएका छन् ।
पार्टीको भावी कार्यक्रम तय गर्नका लागि एकता हुनुअघि पार्टीमा रहेका पदाधिकारीहरू छलफलमा जुटेका हुन् । यसलाई अनौपचारिक बैठक भनिएको छ ।
बैठकमा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावल, नन्दबहादुर पुन, अग्नि सापकोटा, पम्फा भूसाल, महिन्द्र राय यादव लगायत सहभागी छन् ।
बैठकमा प्रदेशमा एकता सन्देश कार्यक्रम गर्नेबारे स्थान र समय तय गर्ने विषयमा छलफल हुनेछ । कात्तिक १० कम्युनिस्ट घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । भीम रावल पनि सो पार्टीमा जोडिएका छन् ।