२०८२ आश्विन ३०, बिहिबार

नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ ।
नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

६ असोज, काठमाडौं / नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो ।

नवनियुक्त शिक्षा मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको मन्त्रालयका एक अधिकारीले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ ।

शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन भनेका छन् । उनले लेखेका छन्, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस