२०८२ मंसिर ४, बुधबार

नितिश कुमारको आज विदाइ

नितिश कुमारको आज विदाइ

३ मंसिर बिहार / बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का नेता नितिश कुमारले आज बुधबार राजीनामा दिँदै छन् । उनको राजीनामासँगै विधानसभा चुनावमा दुईतिहाइ बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) को राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई सरकार बनाउन बाटो खुल्नेछ ।

एनडिए गठबन्धनले चुनावअघि नै नितिशलाई आफ्नो मुख्यमन्त्री उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । त्यसैले बुधबार पदबाट विदा लिन लागेका नितिश बिहीबार दसौं पटक मुख्यमन्त्री भएर आउन सक्छन् ।

भारतीय अखबार ’हिन्दुस्तान टाइम्स’ का अनुसार नयाँ सरकारले पटनास्थित ऐतिहासिक गान्धी मैदानमा शपथ लिने कार्यक्रम छ । मुख्यमन्त्री नितिश कुमारले नयाँ एनडिए सरकारको शपथ समारोहका लागि गान्धी मैदानमा भइरहेको तयारीको निरीक्षण गरेका छन् ।

नितिश कुमार एनडिए सरकारका मुख्यमन्त्रीका रूपमा फर्कनेबारे कुनै आधिकारिक घोषणा नभए पनि भाजपा–जेडियू नेताहरूको अभिव्यक्तिले त्यसतर्फ संकेत गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस