२०८२ अषाढ १७, मंगलबार

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

२९ वैशाख, काठमाडौं / काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा परेर गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस