२०८२ अषाढ १७, मंगलबार

गाडीको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहटको चन्द्रपुर–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

२९ जेठ काठमाडौँ / रौतहटको चन्द्रपुर–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घटना भएपछि स्थानीयले राजमार्ग जाम गरेका छन् । झन्डै ५ घण्टादेखिको सवारी जाम खुलाउन प्रशासन सक्रिय छ । राजमार्ग बन्द हुँदा गर्मीमा यात्रुले सास्ती भोग्नुपरेको छ ।
ठक्कर दिने गाडी कुन प्रकारको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी पत्ता लगाउन प्रहरीले सीसीटीभी जाँच गरिरहेको जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएपछि सवारी फरार भएको थियो ।

गाडीको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएको हो । बिहान करिब ४/५ बजेतिर घरबाट बाहिर निस्किएको अवस्थामा राजमार्गमा सवारीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जिम्बाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली पुगेको थियो ।

प्रहरीले शवको मुचुल्का उठाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए । त्यसपछि शव उठाउन नदिइएको प्रहरीले जनाएको छ । घटनापछि मृतकका आफन्तले पूर्वप–श्चिम राजमार्ग जाम गरेका छन् । जामका कारण ठूलो सङ्ख्यामा सवारीहरू सडकमै अलपत्र परेका छन् । पीडित पक्षको माग सम्बोधन गरी जाम खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस