२०८२ अषाढ १७, मंगलबार

धनगढीमा प्रहरीले चलायो गोली, दुईजना घाइते

कैलाली प्रहरीले धनगढीमा गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ ।
धनगढीमा प्रहरीले चलायो गोली, दुईजना घाइते

२९ जेठ काठमाडौं / कैलाली प्रहरीले धनगढीमा गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ । कैलालीको भजनी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन् । दुवैलाई गोली लागेको छ । घाइते उनीहरुलाई अहिले अस्पताल लगिएको प्रहरीले जानकारी दियो ।

कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस