९ भदौ काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न हरिसिद्धि पुगेका छन् ।
अध्यक्ष दाहाल र महासचिव विप्लवबीच सोमबार बिहान १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो । यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ ।