२०८२ अषाढ १७, मंगलबार

दैलेखमा पत्ता लागेको ग्यासको परीक्षण उत्पादनको तयारी

कर्णाली प्रदेशको दैलेखको जलजलेमा पत्ता लागेको मिथेन ग्यासको परीक्षण उत्पादन गर्न सरकारले तयारी थालेको छ ।
दैलेखमा पत्ता लागेको ग्यासको परीक्षण उत्पादनको तयारी

११ असार काठमाडौं / कर्णाली प्रदेशको दैलेखको जलजलेमा पत्ता लागेको मिथेन ग्यासको परीक्षण उत्पादन गर्न सरकारले तयारी थालेको छ । मिथेन ग्यासको परीक्षण उत्पादनका निम्ति सहयोग सरकारले गर्न चीनसँग अनुरोध गर्न लागेको छ । परीक्षण उत्पादन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

ग्यासको विशाल भण्डार रहेको पत्ता लागे पनि परीक्षण उत्पादन गर्न सर्भे कम्पनीलाई नै निरन्तरता दिन चीन सरकारसँग अनुरोध गर्न लागेको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले जानकारी दिए । नयाँ कम्पनीलाई दिँदा समय लाग्ने भएकाले त्यसैलाई निरन्तरता दिने योजना भएको उनले बताए । काम सुरु भएको तीन महिनाभित्र परीक्षण उत्पादन थाल्ने योजना छ ।

उनका अनुसार, पत्ता लागेको मिथेन ग्यास खाना पकाउन, बिजुली बाल्न, गाडी चलाउन र औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । विभागले ग्यासको साथै पेट्रोलियम पदार्थ भएको हुन सक्ने अनुमान गरेको थियो । तर, ड्रिलिङपछि ग्यास मात्र भएको पत्ता लागेको छ ।

चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनेछ । त्यसपछि परीक्षण उत्पादन थाल्ने योजना छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस