९ साउन काठमाडौँ र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका २१ सांसदले दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री बहादुरसिंह लामाको पद धरापमा परेको छ ।
सांसद इन्द्र बानियाँ पक्षधरका २१ सांसदले हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । लामाविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित नभएको एक सांसदले जानकारी दिएका छन् ।
दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्ने हुन्छ । प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने हुन्छ ।