
पुस २७, काठमाडौँ / आज ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस परेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार बिहान माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दैँ गर्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।