२०८२ भाद्र १९, बिहिबार

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

१७ भदौ चीन /  चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चंगसँग भेट गर्नेछन् । उपराष्ट्रपति चंगद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस