२०८२ कार्तिक ९, शनिबार

हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्रीको आग्रह

हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् ।
हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्रीको आग्रह

८ कार्तिक काठमाडौं / हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । शान्ति सुरक्षा उपलब्ध गराउन सरकार तयार रहेको भन्दै प्रधानमन्त्री कार्कीले होटेल व्यस्वस्थापनसँग आग्रह गरेकी हुन् ।

हायात होटेलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनापछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेको उनले सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका छन् । अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको भन्दै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् ।

“तपाईँहरू आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्,” खनालले भने, “हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।”

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस