२०८२ चैत्र ५, बिहिबार

सब–इन्जिनियर

सब–इन्जिनियरको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

मंगलबार काठमाडौंको माइतीघर मण्डलमा यादवको हत्यारालाई पक्राउ गरी यथाशीघ्र कारबाही गर्न माग गर्दै प्रदर्शन भएको छ।
सब–इन्जिनियरको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

फागुन ५, काठमाडौं/सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा हत्यारालाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलमा यादवको हत्यारालाई पक्राउ गरी यथाशीघ्र कारबाही गर्न माग गर्दै प्रदर्शन भएको हो।

सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो। घरबाट फर्किएलगत्तै उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस