२०८२ भाद्र २३, सोमबार

प्रहरी दमनपछि प्रदर्शनकारीले जलाए गाडी

जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ ।
प्रहरी दमनपछि प्रदर्शनकारीले जलाए गाडी

२३ भदौ काठमाडौँ  / जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ । बानेश्वरमा प्रदर्शनकारीलाई ब्यारिकेड तोड्न छोडिदिएपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गर्ने क्रममा अश्रुग्यास प्रहार भएको थियो ।

तर त्यसपछि भने भीड नियन्त्रणबाहिर गएसँगै प्रहरीले दमन गरेको हो । प्रहरी दमनपछि हवाइ फायर, अश्रुग्यासबाहेक गोली चलेको थियो । त्यसपछि यो समाचार तयार पार्दासम्म कम्तीमा १० जनाको मृत्यु पुष्टि भइसकेको छ । घाइते धेरै भएकाले विभिन्न अस्पतालमा यो संख्या बढ्न सक्नेछ ।

शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन उग्र बनेको हो । आज देशैभर जेनजीले प्रदर्शन गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस