२०८२ चैत्र ५, बिहिबार

बैतडी

बैतडीमा १३ जनाको मृत्यु हुँदा पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

हिजो बैतडीमा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दैपुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ ।
बैतडीमा १३ जनाको मृत्यु हुँदा पुर्चौडी नगरपालिकाले दियो शोक बिदा

माघ २३, बैतडी / हिजो बैतडीमा १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै पुर्चौडी नगरपालिकाले एक सूचना जारी गरेर आज शोक बिदा दिएको छ । जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ । बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस