२०८२ श्रावण ३१, शुक्रबार

चिडियाखानाबाट चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु

चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ ।
चिडियाखानाबाट चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु

असार ४ काठमाडौं / ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ ।

शनिबार चिडियाखानाभित्रै रेडपाण्डाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले बताए । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन भन्ने सुनेका छौं’, ती अधिकृतले भने, ‘हाम्रो अनुसन्धान पनि चलिरहेको छ ।’

चिडियाखानाका प्रमुख सत्यनारायण शाहले चोरी प्रयासयता विरामी रहेको रेडपाण्डाको उपचारका क्रममा मृत्यु भएको बताए । ‘चोरीको प्रयास भएपछि एकदमै त्रसित थियो, पछिल्लो पटक किड्नी सम्बन्धी समस्या पनि देखिएको डाक्टरहरुले बताएका थिए’, उनले भने,

राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको थियो । स्रोतका अनुसार, कर्मचारीको लापरबाहीका कारण दोस्रो पटक समेत चोरी प्रयास भएको प्रारम्भिक बुझाइसहित छानबिन समिति गठन भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस