२०८२ आश्विन ३०, बिहिबार

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

२९ असोज, काठमाडौं / सभामुख देवराज घिमिरेले आयोजना गरेको बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अन्य दलका नेताहरूको सहभागितामा छलफल जारी छ । रास्वपाबाट भने कोही गएका छैनन् ।

रास्वपाका नेता सन्तोष परियारले पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै भएकोले सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसकिएको बताए ।

‘पार्टी काम र पार्टीको बैठक नै भएकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएको छु’ नेता परियारले भने । रास्वपाको सचिवालय बैठक पनि बिहान ११ बजे बस्दैछ । यसकारण पनि सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसकको रास्वपाले जनाएको छ । ‘प्रतिनिधि सभा विघटनबारे हाम्रो कुरा आइसकेको छ’ नेता परियारले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस