२०८२ अषाढ १७, मंगलबार

रूसले युक्रेनको राजधानीमा गर्‍यो मिसाइल र ड्रोन हमला

राजधानी किभमा रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १२, आईतबार
रूसले युक्रेनको राजधानीमा गर्‍यो मिसाइल र ड्रोन हमला

११ जेठ काठमाडौँ / आइतबार बिहान राजधानी किभमा रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रूसले प्रहार गरेको मिसाइल र ड्रोनहरू किभको हवाइ प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको छ । यद्यपि ७ जना घाइते भएको र एउटा अपार्टमेन्टमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो । बितेको चौबीस घन्टामा रूसी आक्रमणबाट युक्रेनमा १३ जनाको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।

पूर्वी दोनेत्स्क प्रान्तमा चार जना, दक्षिणी खेरसन र ओडेसामा पाँच जना, उत्तरी खार्किभमा चार जना रूसी हमलामा मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनको वायुसेनाले रूसबाट १४ वटा मिसाइल र २५० वटा भन्दा बडी ड्रोन हमला भएको बताएको छ । तीमध्ये कैयौं हमला राजधानी किभतर्फ लक्षित थियो ।

किभलाई लक्ष्य गरिएको ६ वटा मिसाइल र २४५ ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गरेको सिएनएनले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस