
फागुन ६, काठमाडौं/सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले ती कार चालकलाई खोज्न सुरु गरेको छ । सार्वजनिक भएको भिडियोमा साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाको रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए ।