२०८२ भाद्र २, सोमबार

‎नेकपा एमाले जिल्ला कमिटी हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एमाले) हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न भएको छ ।
‎नेकपा एमाले जिल्ला कमिटी हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न

२ भदौ‎ सिमकोट, हुम्ला  / नेपाल कम्युनिस्ट पार्टी (एमाले) हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पूर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आथित्यमा सातौं पूर्ण बैठक सम्पन्न भएको हो । सोमबार जिल्ला पार्टी कार्यालय सिमकोटमा बसेको बैठकमा संस्थापक बरिस्ठ नेता लोक बहादुर हमाल, प्रदेश कमिटी सदस्यहरु जय बहादुर शाही, प्रदेश सचिवालय प्रदेश कमिटी सदस्य रुपा शाही, जसु परियार, लेखा आयोग कमिटी सचिव कमल बोहरा, जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, लगायत जिल्ला कमिटी सदस्य, गाउँपालिका र वडा कमिटीका अध्यक्षहरुको सहभागीता रहेको पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।

जिल्ला कमिटीको आयोजनामा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई पराजित गरौं, जनताको मार्गदर्शनमा समावादको आधार निर्माण गरौँ भन्ने मुल नाराका साथ पार्टी कार्यालय सिमकोटमा सातौं बैठक बसेको सचिव बोहराले बताउनुभयो । अन्तरपार्टी निर्देशन अनुसार जनजागरण अभियान सञ्चालन गर्ने, पार्टीको विधान महाधिवेशन, विधान संशोधन प्रस्ताव लगायतका विषयमा जानकारी गराइएको थियोे । सातवटा स्थानीय तहका गाउँ कमिटीका अध्यक्ष, अन्य नेता तथा कार्यकर्ताले आफ्नो सुझाव समेत राखेका थिए । जानकारी गराइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस