२०८२ अषाढ १७, मंगलबार

नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
नेपालीको सुरक्षामा ध्यान दिन सभामुखको निर्देशन‍

२६ वैशाख काठमाडौं / सभामुख देवराज घिमिरेले भारत–पाकिस्तान तनावले नेपालीको सुरक्षालगायत पर्न सक्ने समस्याप्रति आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सभामुखले आवश्यक व्यवस्थापनमा लाग्न आग्रह गरेका हुन् । भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु, उनले भने ।

बैठकमा सांसदहरूले पर्न सक्ने सम्भावित तयारी गर्न र जानकारी गराउन पनि आग्रह गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस