
फागुन ७, काठमाडौं/कजेल पढ्ने युवतीलाई पछ्याउँदै दुर्व्यहार गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भइ हाल काठमाडौं–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का रहेका छन् । उनलाई बिहीबार साँझ ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो । उनले कुलेश्वर कालिमाटी क्षेत्रमा बिहान कलेज पढ्न हिँडेका युवतीलाई पछ्याउँदै अश्लिल क्रियाकलाप गर्दै दुर्व्यवहार गर्ने पाइएको प्रहरीले बताएको छ ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।