१६ भदौ, काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो ।
उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरे । यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे ।
कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।
प्रायजसोः उनका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।