२०८२ अषाढ १७, मंगलबार

बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ

बुद्ध जयन्तीलाई मध्यनजर गरेर काठमाडौँको स्वयम्भूनाथ मन्दिर धमाधम सजाउन सुरु गरिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ

२८ वैशाख काठमाडौँ  / बुद्ध जयन्तीलाई मध्यनजर गरेर काठमाडौँको स्वयम्भूनाथ मन्दिर धमाधम सजाउन सुरु गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

यसपालिको बुद्ध जयन्ती सोमबार परेको छ । स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस