
३१ भदौ काठमाडौँ / जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको छ ।
यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट शहीदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिएका छन् ।