२०८२ अषाढ २३, सोमबार

गभर्नरले ग्रहण गरे पदभार

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
गभर्नरले ग्रहण गरे पदभार

७ जेठ काठमाडौं / नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोहीअनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए ।

पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे । पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस