२०८२ श्रावण २९, बुधबार

गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालमा आएपछि तीन जना पक्राउ

भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालमा आएपछि तीन जना पक्राउ

२७ साउन काठमाडौँ / भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आइतबार राति भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ ।

उक्त भिडिओ बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताए । ‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ । हामी यस घटनामा संलग्नहरूको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन् ।’

उनले यसमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए । युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन । भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार गरेको देखिएको छ ।

उक्त घटनामा संलग्न केही घाइते भएको डिएसपी न्यौपानेले बताए । प्रहरीले घटनाको अनुसन्धान समेत थालेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस