२०८२ चैत्र ५, बिहिबार

गुल्मी

गुल्मीमा आफ्नै बाबुद्धारा तीन महिने शिशुको हत्या

गुल्मीमा मापसे गरेर बाबुले आफ्नै तीन महिनाको शिशुको हत्या गरेको छ ।
गुल्मीमा आफ्नै बाबुद्धारा तीन महिने शिशुको हत्या

माघ १५, गुल्मी / गुल्मीमा मापसे गरेर बाबुले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालको बिहान साढे ९ बजे आसपासको समयमा हत्या गरेको छ । इस्मा गाउँपालिका–३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको हो । श्रीमान् र श्रीमती विवादमा मादक पदार्थ सेवन गरेका उनले शिशुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस