२०८२ आश्विन ३०, बिहिबार

राजावादी प्रदर्शनका कारण माइतिघर करिडर सडक ट्राफिक अस्तव्यस्त

आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो
राजावादी प्रदर्शनका कारण माइतिघर करिडर सडक ट्राफिक अस्तव्यस्त

१६ जेठ, काठमाडौं / राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।

हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ । राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको सहभागीतामा जारी आन्दोलन आज पनि जारी छ ।

आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधरणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस